२२ वर्षपछि इराकबाट फर्कियाे संयुक्त राष्ट्रसंघ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार ०७:३४

काठमाडाैं । इराकमा संयुक्त राष्ट्रसंघको राजनीतिक मिसन अन्त्य भएको छ । अ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मिसन अन्त्य भएकाे  घोषणा गरे ।

बग्दादको अनुरोधमा इराकका लागि संयुक्त राष्ट्रसंघ सहायता मिसन (यूएनएएमआई) ले सन् २००३ को आक्रमण र कब्जापछि देशको सङ्क्रमणकालमा सहयोग गरेको २२ वर्षपछि आफ्नो अभियान बन्द गरेकाे हाे । मिसनको समापन समारोहमा गुटेर्रेसले भने, “इराकी जनतासँग काँधमा काँध मिलाएर हिँड्न पाएकोमा यूएनएएमआई आभार व्यक्त गर्दछ ।”

Advertisement

उनले भने, “मिसन टुंगिए पनि संयुक्त राष्ट्रसंघ इराकका जनतासँगै शान्ति, दिगो विकास र मानव अधिकारको मार्गमा अघि बढ्नेछ ।” इराकमा संयुक्त राष्ट्रसंघका संघसंस्था र कार्यक्रमहरू जारी रहनेछन् ।

यसअघि इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले भने, “विश्वले बुझ्नैपर्ने एउटा कुरा छ, इराक अब सामान्य देश बनेको छ ।”  उनले भने, “यूएनएएमआईको अन्त्यसँगै संयुक्त राष्ट्रसंघ र इराकबीचको सम्बन्ध सामान्य बन्नेछ ।”

“यूएनएएमआई सहयोगको अन्त्य ‘सहयोगको नयाँ अध्याय’को सुरुवात हो,” सुडानीले भने, “संयुक्त राष्ट्रसंघसँगको हाम्रो सम्बन्ध इराकको आवश्यकता पूरा गर्न र पूर्ण आत्मनिर्भरताको चरणमा नपुगुञ्जेल सहयोग गर्न निर्णायक र प्रभावकारी थियो ।”

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.