सुडानमा शान्ति सेनामाथि आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार ११:५५

काठमाडाैँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार सुडानको काडुग्लीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको सामग्री भण्डारण आधार शिविरमाथि भएको मानवविहीन विमान आक्रमणको कडा निन्दा गरेका छन् ।

महासचिवले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणका कारण ६ जना शान्ति सैनिकको मृत्यु हुनुका साथै ८ जना घाइते भएको जनाइएको छ । मृतक र घाइते सबै एबीएई क्षेत्रका लागि खटाइएको संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा बलअन्तर्गत कार्यरत बङ्गलादेशी शान्ति सैनिक हुन् ।

Advertisement

महासचिव गुटेरेसले बङ्गलादेश सरकार र जनताप्रति तथा ज्यान गुमाएका शान्ति सैनिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकलाई लक्षित गरी गरिने कुनै पनि आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार गम्भीर अपराध हुन सक्ने उल्लेख गर्दै द्वन्द्वमा संलग्न सबै पक्षलाई संयुक्त राष्ट्रसङ्घीय कर्मचारी र सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । साथै, यस घटनामा दोषीलाई उत्तरदायी बनाइनुपर्नेमा उनले जोड दिएका छन् ।

महासचिवले सुडानमा जारी द्वन्द्व अन्त्य गर्न तत्काल युद्धविराम, वार्ता पुनः प्रारम्भ र सुडानी स्वामित्वमा आधारित समावेशी राजनीतिक प्रक्रिया अघि बढाउन सबै पक्षलाई पुनः आह्वान गरेका छन् ।

यसबिच, सुडानी सशस्त्र सेनाले उक्त आक्रमण अर्धसैनिक द्रुत समर्थन बलले गरेको आरोप लगाएको भए पनि ती बलले आरोप अस्वीकार गरेका छन् ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.