संखुवासभामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १५:१६

विराटनगर । संखुवासभाको मादी नगरपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति मादी नगरपालिका–६ बस्ने ४९ वर्षीय प्रेम दोर्ची शेर्पा हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार दोर्चीले मंसिर ९ गते आफ्नी ३७ वर्षीया श्रीमती मिना शेर्पा हराएको भन्दै निवेदन दिएका थिए ।  अनुसन्धानका क्रममा उनी नै शंकास्पद पाइएपछि नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो ।

Advertisement

सोधपुछमा दोर्चीले मंसिर ९ गते राति करिब साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्रममा विवाद हुँदा मिनालाई बाटैमा कुटपिट गरी हत्या गरेको स्वीकार गरेका छन् । उनले हत्यापछि शवलाई त्रिपालमा बेरेर आफ्नै अलैँची बारीमा खाल्डो खनी गाडेको बयान दिएका छन् ।

इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमाण्डमा खटिएको अनुसन्धान टोलीले उत्खनन गर्दा शव सडिसकेको अवस्थामा फेला पारेको थियो । प्रहरीले प्रेम दोर्चीमाथि ‘कर्तव्य ज्यान कसुर’ अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.