चलचित्र पत्रकार संघ मोरङको अध्यक्षमा पुनः प्रेम देवान निर्वाचित 

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ५, बिहीबार १७:१७
चलचित्र पत्रकार संघ मोरङको अध्यक्षमा पुनः प्रेम देवान निर्वाचित 

विराटनगर । चलचित्र पत्रकार संघ मोरङ शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः प्रेम देवान निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न अधिवेशनले देवानको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षहरूमा हुसेन सेख, अनुज सापकोटा र पवन साह निर्वाचित भएका छन् । त्यसैगरी, सचिवमा सन्तोष बास्तोला, सहसचिवमा सरिता कर्माकार र अफताव अलि तथा कोषाध्यक्षमा कमलेश यादव चयन भए ।

कार्यसमिति सदस्यहरूमा नम्रता न्यौपाने, दीपेन्द्र साह र सुवास भण्डारी रहेका छन् । नवनिर्वाचित अध्यक्ष देवानले मोरङमा चलचित्र पत्रकारिताको व्यावसायिक विकास, चलचित्र क्षेत्रको प्रवर्द्धन र सदस्यहरूको क्षमता अभिवृद्धिका लागि आफू प्रतिबद्ध रहने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×