गाजा प्रहरी चौकीमा इजरायली हमला, ६ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार ०६:२१

एजेन्सी । उत्तरी गाजास्थित एक प्रहरी चौकीमा इजरायलले शनिबार गरेको हवाई आक्रमणमा पाँच प्रहरी अधिकारी र एक १३ वर्षीय बालकको मृत्यु भएको छ । हमलामा अन्य धेरै व्यक्ति घाइते भएका छन् ।

गाजा प्रहरी निर्देशनालयका अनुसार तावाम क्षेत्रमा रहेको प्रहरी चौकीलाई लक्षित गर्दै दुईवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो । अक्टोबरमा अमेरिकाको पहलमा भएको युद्धविरामपछि हमास नियन्त्रण क्षेत्रको सुरक्षा जिम्मेवारी प्रहरीले सम्हाल्दै आएको थियो ।

Advertisement

इजरायलले पछिल्ला दिनमा हमासविरुद्ध सैन्य कारबाही तीव्र बनाइरहेका बेला यो हमला भएको हो । घटनाका बारेमा प्रतिक्रिया माग्दा इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा योजनालाई अघि बढाउन हमाससँग आबद्ध हजारौं प्रहरी अधिकारी बाधक बनेको चर्चा चलिरहेका बेला यो हमला भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.