
काठमाडाैं । नेपाली महिलाको अस्टेलियाकाे सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ । छोरा भेट्ने नेपालबाट अस्ट्रेलियाको सिड्नी पुगेकी ५५ वर्षीया ठूलीकान्छी तामाङको निधन भएको हो ।
काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यअन्तर्गत पर्ने वागा वागामा बस्ने छोरा राजु तामाङलाई भेट्न त्यहाँ पुगेकी थिइन् ।अस्ट्रेलियन समयअनुसार, शुक्रबार बिहान सिड्नी विमानस्थल आइपुग्ने क्रममा अचानक बेहोस भएकी थिइन् ।
अचेत भएर ढलेलगत्तै विमानस्थलमा रहेको मेडिकल टोलीले तत्कालै सीपीआर लगायतका प्राथमिक उपचार दिएर बचाउने प्रयास गरे पनि उनको निधन भएको हो । घटनालगत्तै स्थानीय प्रहरीले वागा वागामा रहेका छोरा राजुलाई यस घटनाको जानकारी गराएको थियो ।



















