चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १२:३५

एजेन्सी । चीनले अन्तरिक्षमा उपग्रह पठाउन प्रक्षेपण गरेको लङ मार्च–७ए रकेट विस्फोट भएको छ। सोमबार चीनको हाइनान प्रान्तस्थित वेन्चाङ स्पेसक्राफ्ट लन्च साइटबाट राति करिब ८ बजे प्रक्षेपण गरिएको रकेट केही समयपछि आकाशमै टुक्रिँदै विस्फोट भएको हो।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले उडानका क्रममा रकेटमा असामान्यता देखिएको पुष्टि गर्दै घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। रकेटमा झोङसिङ–४बी नामक सञ्चार उपग्रह राखिएको थियो, जसले विश्वभरका प्रयोगकर्तालाई रेडियो, टेलिभिजन तथा अन्य सञ्चार सेवा उपलब्ध गराउने उद्देश्य राखेको थियो।

Advertisement

चाइना एकेडेमी अफ लन्च भेहिकल टेक्नोलोजीले विकास गरेको यो रकेटको १८औँ मिसन थियो। यसअघि सन् २०२० मा भएको पहिलो उडान असफल भए पनि त्यसयताका सबै प्रयास सफल रहँदै आएका थिए।

यस असफलतापछि मङ्गलवार बिहान जिउछ्वान स्याटेलाइट लन्च सेन्टरबाट प्रक्षेपण गर्ने तयारी गरिएको झुच्वे–३ रकेटको प्रक्षेपणसमेत ढिलाइ भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×