
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता नजिक पुगेकाे बताएका छन् । उनले विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताए ।
यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै पछिल्लो साता अमेरिका र इरानका दृष्टिकोणहरू नजिकिँदै गएको बताएका थिए ।
सामाजिक सञ्जालमा ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रको विषयमा निकै राम्रो कुराकानी भएको दाबी गरेका छन् ।
ट्रम्पले संयुक्त राज्य अमेरिका, इस्लामिक रिपब्लिक अफ इरान र सूचीकृत अन्य विभिन्न देशहरूबिच अन्तिम रूप दिन बाँकी रहेको एउटा सम्झौताको धेरैजसो भाग तय भइसकेको उल्लेख गरे । सम्झौताका अन्तिम पक्ष र विवरणहरूमा अहिले छलफल भइरहेको र ती चाँडै घोषणा गरिने उनले बताए।



















