बिहीबार, १३ गते फाल्गुन २०७७ | Thursday 25th February 2021
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोभिड-१९ को स्थिति समान्य भएपछिको ६ महिना भित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए आगामी आर्थिक वर्षको सुरुवातमै गौतमबुद्ध […]
गोरखा । गोरखा सदरमुकाममा एकसय शैयाको आइसोलेशन तयार गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाद्वारा सोमबार आयोजित स्थानीय तहहरुको समन्वय बैठकमा एकसय शैयाको आइसोलेशन बनाउने निर्णय गरेको प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए । ‘वल्डक्यापिटल स्कूल, गोरखा क्याम्पसलगायत उपयुक्त स्थानमा एकसय बेडको आइसोलेशन वार्ड निर्माण गर्ने निर्णय भएको छ’, उनले भने, ‘त्यहाँ रहेका व्यक्तिको […]
लामो समयको लकडाउनका कारण कष्टकर भएको जनजीवनलाई सहज बनाउन गोरखाका बिभिन्न पसलहरु खुलाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकले लकडाउनलाई खुकुलो गर्दै जनजीवनलाई सहज तुल्याउन पसलहरु खुलाउने निर्णय गरेको हो । नेपाल सरकारबाट जारी आदेशको बर्खिलाप नहुने गरी मदिराजन्य, सूर्तीजन्य, होटल, लज, रेष्टुरेण्टबाहेकका पसल खुलाउने निर्णय भएको जिल्ला प्रशासन […]
अर्घाखाँची रुपन्देहीको तिलोत्तमा नगरपालिका(१० स्थित मैनैयामा गएराति हत्या गरिएका पाँच जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ज्यान गुमाउनेमा रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनको ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन्। […]
गोरखा : गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। उनीहरु सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहका छन्। संक्रमण पुष्टि भएका सबैलाई रजहरस्थित […]