कोशीमा प्रदेश सरकारका ४२ वटा भवनमा क्षति

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र ३१, मंगलबार १९:४०

विराटनगर । जेनजी समूहको आन्दोलनका क्रममा अराजक समूहले आगजनी एवं तोडफोड गर्दा कोशी प्रदेश सरकारको ४२ वटा भवन क्षतिग्रस्त भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रारम्भिक विवरण अनुसार १८ वटा प्रदेश सरकारको भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ । २४ वटा भवनमा आंशिक क्षति पुगेको छ ।

Advertisement

आगोले जलेर प्रदेश सरकार मातहका ६४ वटा चार पांग्रे गाडी काम नलाग्ने भएका छन् । ती गाडी अराजक समूहले जलाएको थियो । १२ वटा चार पांग्रे सवारीमा आंशिक क्षति पुगेको छ ।

प्रदेश सरकार मातहतका कर्मचारीले प्रयोग गर्ने १ सय ४४ वटा मोटरसाइकल र स्कुटर जलेका छन् । १७ वटामा आंशिक क्षति पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार यो विवरण प्रारम्भिक हो ।

अधिकारीले मुख्यमन्त्री कार्यालयका ९ वटा सवारी जलेको जानकारी दिए । मुख्यमन्त्री कार्यालयको ४ वटा भवनमा पूर्णरुपमा क्षति भएको छ । २ वटामा आंशिक क्षति पुगेको अधिकारीले बताउ ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५ वटा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १० वटा चार पांग्रे सवारी जलेका छन् । खानेपानी सिचाइँ तथा उर्जा मन्त्रालयका ४ वटा चार पांग्रे सवारी जलेका छन् ।

उद्योग कृषि तथा सहकारी मन्त्रालयका ११ वटा गाडी जलेका छन् । ५ वटा भवनमा आंशिक क्षति भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको एउटा भवन र एउटा चार पांग्रे सवारीसाध पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

सामाजिक विकास मन्त्रालयको २ वटा भवनमा पूर्ण क्षति भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका २ वटा भवन र ८ वटा सवारीसाध तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका ७ वटा चार पांग्रे सवारी जलेका छन् । स्वास्थ्य मन्त्रालयमा ३ वटा चार पांग्रे सवारी जलेका छन् ।

कोशी प्रदेशसभा सचिवालयको ४ वटा भवन र ८ वटा चार पांग्रे सवारी जलेका छन् । प्रदेश योजना आयोगको ३ वटा चार पांग्रे सवारी जलेर ध्वस्त भएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.