बहुविवाहमा सर्वोच्चको नयाँ नजिर, २ न्यायाधीशको असहमति (पूर्णपाठ)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २९, मंगलबार १०:०५

विराटनगर । सर्वाेच्च अदालतले बहुविवाह मुद्दामा नयाँ नजिर स्थापित गरेको छ ।

मदनबहादुर मल्लविरुद्ध गोमा डाँगीले दायर गरेको बहुविवाह मुद्दामा न्यायाधीश डा.श्री मनोजकुमार शर्मा, तिलप्रसाद श्रेष्ठ, शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको वृहत पूर्ण इजलासले नयाँ नजिर स्थापित गरेको हो ।

Advertisement

यो नजिरमा तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको भने फरक राय छ ।

२०७१ साल साउन २७ गतेबाट सुरु भएको यो मुद्दामा गत बैशाख ६ गते सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले फैसला गरेको थियो । पूर्णपाठ भने ढिलोगरी सार्वजनिक भएको हो ।

बहुविवाह मुद्दामा नेपाल प्रहरीमा कार्यरत मदनबहादुर मल्ललाई बर्दिया जिल्ला अदालतले २०७१ माघ २९ गते विहावरीको १० नं अनुसार एक वर्ष कैंद र पाँच हजारको फैसला भएको थियो । उनकी दोस्रो श्रीमती सम्झना सुनुवारलाई भने जानी जानी विवाह गरेको भन्‍ने पुष्टि हुन नआएकाले सफाई पाउने फैसला गरेको थियो ।

उनीहरुले २०७१ बैशाख १६ गते विवाह गरेका थिए । पाँच महिनापछि बहुविवाह मुद्दा अदालतमा पुगेको थियो । पुनरावेदन अदालत नेपालगञ्‍जले २०७२ कात्तिक २३ गते जिल्लाको फैसला सदर गरेको थियो ।

उच्चको फैसलाविरुद्ध मल्लले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्च अदालतमा यो मुद्दा संयुक्त इजलास, पूर्ण इजलास हुँदै वृहत पूर्ण इजलासमा पुगेर किनारा लागेको थियो ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.