जापानीज इन्सेफ्लाइटिसका कारण विराट शिक्षणमा उपचाररत बालकको मृत्यु

Share this
590shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक ६, मंगलबार ०७:०७

विराटनगर । जापानीज इन्सेफ्लाइटिसकाे संक्रमणबाट मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचाररत १ जना बालकको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३ घर भएका ११ वर्षीय अनमोल राईको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिए । उनका अनुसार करिब डेढ महिना अघिदेखि उपरचाररत बालकको सोमबार बिहानका राति मृत्यु भएको हो ।

कक्षा ५ मा अध्ययनरत बालकलाई ३ महिना अघिदेखि ज्वरो आउने, टाउको दुख्ने, वान्ता र बेहोस हुनेलगायतका समस्या देखा परेको थियो । उपचारका क्रममा परीक्षण गराउँदा उनलाई जापानीज इन्सेफ्लाइटिस पुष्टि भएको हो ।

सेतो प्रजातिको भनेर चिनिने क्यूलेस जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । उपचारमा संलग्न चिकित्सकले बालकलाई करिब ३ महिनाअघि लामखुट्टेले टोकेको हुनसक्ने बताए । ‘उपचारमा कुनै कमी हुन दिइएको थिएन । तर, बचाउन सकिएन । मस्तिष्कभित्रको नशाको पानी सुकेपछि संक्रमित बालकको मृत्यु भयो,’ देवकोटाले भने ।

उनका अनुसार उदयपुरकै बेलका घर भएका अर्का १४ वर्षीय बालकको पनि भेन्टिलेटरमा उपचार भइरहेको छ । जापानीज इन्सेफ्लाइटिस पुष्टि भएका बालकको २ महिनादेखि उपचार भइरहेको जानकारी देवकोटाले दिए ।

के हो जापानीज इन्सेफ्लाइटिस ?

मानिसको मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर रोग जापानीज इन्सेफ्लाइटिस हो । संक्रमित सुँगुरलगायतका जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई पनि टोकेपछि यो सर्छ । विश्वमा हरेक वर्ष ५० हजारभन्दा बढीलाई संक्रमण हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ ।

तथ्यांक अनुसार संक्रमितमध्ये विश्वमा बर्सेनि १० देखि १५ हजारको मृत्यु हुने गरेको छ । नेपालमा समेत पछिल्लो समय यसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । गत वर्ष १ सय ७ जना संक्रमित हुँदा ७ जनाको मृत्यु भएको थियो ।

यो वर्ष मनसुन सुरु भएयता भदौसम्ममा १४ जना संक्रमितको मृत्यु भइसकेको छ । ६५ जना संक्रमित भइसकेका छन् ।

नेपालमा धेरैजसो जापानिज इन्सेफलाइटिसविरुद्धको खोप नलगाएकाहरु प्रभावित भएको देखिन्छ । यो रोग लागिसकेपछि निको नहुने र लागेकामध्ये ३० प्रतिशतको मृत्यु हुने जोखिम रहेको चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार खोप लगाएकालाई भने जापानीज इन्सेफ्लाइटिसको जोखिम हुँदैन ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×