गाँजा प्याकिङको केन्द्र बन्यो पूर्ववडाध्यक्षको घरः प्रशासनले किन देखेन ? (भिडियाेसहित)

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार १०, मंगलबार २०:३६

विराटनगर । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–१ का पूर्ववडाध्यक्ष अशोक राईको घरमा गाँजाकाे काराेबार भइरहेकाे विवरण सार्वजनिक भएपनि प्रहरी प्रशासन मौन देखिएको छ । उनकाे घरमा गाँजा प्याकिङ भइरहेको तस्वीरसहितको  समाचार मुलुकी खबरले सार्वजनिक गरेकाे थियाे ।

स्थानीय स्राेतका अनुसार शनिबार वडाध्यक्षको घरमा गाँजा प्याकिङ भइरहेको भिडियो प्रहरी समक्ष पुगेको थियाे । याे विषय उच्च तहका अधिकारीसम्म पुगेपनि स्थानीय प्रहरी युनिटले चासाे देखाएन् ।

Advertisement

भिडियो सार्वजनिक भएपछि प्रदेश प्रहरी कार्यालय विराटनगरबाट डीएसपी दुर्गा दाहालको नेतृत्वमा टोली पुगेपनि खाली हात फर्कियाे । प्रहरी आउँदै गरेकाे सूचना अगाडि नै पुगेपछि उनकाे घरबाट गाँजा अन्तै सारियाे । प्रहरीकाे टाेली गाँजा प्याकेजिङ भइरहेकाे लाेकेशनमै नपुगेकाे स्राेत बताउँछ ।

प्रहरी आउने थाहा भएपछि सबै सतर्क भएको जानकारी दिँदै स्राेतले भन्यो,‘ यो त सरासर सूचना चुहावट भएको प्रमाण हो ।’

मुलुकी खबरले पूर्ववडाध्यक्ष राईको भाई चिरन्जिबी थुलुङ राईले आफ्नै घरमा गाँजा प्याक गरेको फोटो सहित समाचार सार्वजनिक गरेकाे थियाे ।

गाँजा काराेबार भइरहेकाे विषयमा प्रहरी प्रधान कार्यालका प्रवक्ता डिआइजी विनोद घिमिरेले घटनाबारे थाहा नपाएको बताए । मुलुकी खबरले प्राप्त गरेको भिडियोमा समेत पूर्ववडाध्यक्ष राईको घरमा थुप्रै युवाहरू गाँजा सुकाउने, प्याक गर्ने र ओसारपसारका लागि तयारी गर्ने दृश्य देखिन्छ । यस्तो अवस्था केही समयदेखि जारी रहेको र पूर्ववडाध्यक्ष राईको प्रभावशाली सञ्जालले  गाँजा तस्करी सहज बनाइरहेको स्थानीयहरु बताउँछन् ।

सूचना चुहावट, सेटिङ र राजनीतिक संरक्षणका कारण अपराधीहरू सजिलै भाग्नु प्रशासान माथि नै बलियो प्रश्न रहेको स्थानीयकाे गुनासाे छ । पूर्ववडाध्यक्ष अशोक राईका बारेमा लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न भएको आरोप लाग्दै आएको छ। उनले स्थानीय राजनीतिक संरक्षण पाएर सहज रूपमा काम गर्दै आएको भन्ने समेत चर्चा छ ।

के भन्छन् जनप्रतिनिधि ?

सहिदभूमि गाउँपालिका–१ का वडाध्यक्ष रमेश राईले गाँजा समस्याको जड भूगोल,नीति कार्यान्वयनको असफलता र राज्यको बेवास्ता भएको बताउँछन् । किसानको हिसाबले हेर्दा यो भूगोल, परिवेशको दोष रहेको बताउँछन् । वडाध्यक्ष राईले सहिदभूमिको भौगोलिक अवस्थाका कारण कृषिजन्य उत्पादन बजारसम्म लैजान कठिन हुने बताए । “यहाँ वर्षात पर्दा बाटोघाटो बन्द हुन्छ, उत्पादन गरेर बजार पुर्याउन सकिंदैन, उनले भने,‘यस्तो अवस्थामा कृषकहरु गाँजा रोप्ने बाध्यता बन्न गएको हुनसक्छ ।’

“सांसदहरू उर्फिनुहुन्छ, तर नीति कागजमै सीमित छ, गाँजाको औषधीय प्रयोग हुन्छ भन्ने छ, व्यावसायिक रूपमा वैकल्पिक उपाय निर्माण भएको छैन,“ उनले भने।

राईका अनुसार सहिदभूमिमा गाँजा उत्पादन हुन्छ भन्ने नेपाल सरकारलाई राम्रैसँग थाहा छ। उनले बताए अनुसार धनकुटा र आसपासका जिल्लामा अहिले पनि दर्जनौं मानिस गाँजा सम्बन्धी मुद्दामा जेलमा छन् ।

वडाध्यक्ष राईको अनुसार वडा कार्यालयले कृषिमा वैकल्पिक उपाय दिन थालेको छ। “हामीले खुर्सानीको विरुवा, टमाटर, मल र किटनाशक वितरण गरेका छौं,’उनले भने,‘जनतालाई सजग गराउँदै वैकल्पिक बाटोमा लैजान खोजेका छौं ।”

प्रहरीसँग समन्वय गरेर अवैधानिक कार्य रोक्न जनचेतनामूलक कार्यक्रम समेत गरिरहेको उनले बताए । आर्थिक समृद्धिको सपना देख्ने जनता सबै जेलमा पुग्ने हो भने सहिदभूमि नै खाली हुने भन्दै यसलाई रोक्न चिन्तित भएको समेत बताए ।

 कानुनमा के छ ?

संयुक्त राष्ट्रसंघले सन् १९६१ मा ’द सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग्स १९६१’ पारित गर्यो। त्यसमा गाँजालाई पनि अफिमजस्तै कडा खालको लागुऔषध मान्दै प्रतिबन्ध लगाउनुपर्ने प्रावधान छ । नेपालले सो अभिसन्धीमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो ।

त्यसमा गाँजाको खेती, भण्डारण, सेवन र बिक्रीवितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो । पाँच पटक संशोधन भइसकेको सो ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुनसक्छ ।

उक्त ऐनअनुसार ५० ग्रामसम्म गाँजा राखे तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। तर त्यसले नेपालमा गाँजा खेती र तस्करी राेकिएकाे छैन ।

घटना सार्वजनिक भएको यतिका दिन बितिसक्दा समेत प्रहरी अधिकारी भने छानबिन भइरहेको मात्रै बताउँछन् ।  प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकारीले यो विषयलाई संवेदनशीलतापूर्वक हेरिरहेको बताउँदै विस्तृत अनुसन्धान हुने बताए ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.