संसद्‌को अभिभावकीय भूमिकामा केसी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३, मंगलबार ०६:४३

काठमाडौं । प्रतिनिधिसभाको चुनावको मतपरिणाम सार्वजनिक भएको छ ।  निर्वाचन आयोगले दलहरुसँगको परामर्शमा सोमबार समानुपातिकतर्फका सांसदहरुसमेत एकीन गरेपछि औपचारिक रुपमा परिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधिसभामा जेष्ठ सदस्य कांग्रेसका अर्जुननरसिंह केसी हुने भएका छन् । ७८ वर्षे केसीले संसद्को जेष्ठ सदस्यका रुपमा अभिभावकीय भूमिका खेल्नुपर्ने भएको छ। उनी कांग्रेसको समानुपातिक तर्फबाट सांसद चुनिएका हुन्। सभामुख चयन नभएसम्म केसीले संसद्को नेतृत्व गर्नेछन् ।

Advertisement

राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि उनले बाँकी सांसदहरुलाई प्रतिनिधिसभाको पहिलो बैठकमा शपथ ग्रहण गराउनुपर्नेछ । आयोगले बुधबारसम्ममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चुनावी प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.