कोशी प्रदेशमा ८१.६० प्रतिशत उम्मेदवारले जोगाउन सकेनन् जमानत

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १, आइतबार १७:४९

विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका ८१.६० प्रतिशतको जमानत जफत भएको छ ।

विभिन्न दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका ३ सय ९९ जनाले जमानत जोगाउन नसकेका हुन् । कोशीमा ४ सय ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार ९६ जनाको मात्रै धरौटी जोगिएको छ ।

Advertisement

धरौटी जोगाउने उम्मेदवार १८.४० प्रतिशत मात्रै रहेका हुन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका लगभग सबै जनाको जमानत जफत भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दलबाट उम्मेदवारी दिएका पनि अधिकांशले जमानत जोगाउन सकेनन् ।

कतिपय निर्वाचन क्षेत्रबाट ठूला दलका उम्मेदवारको पनि धरौटी जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । चुनावी मैदानबाट ठूलो संख्याका उम्मेदवारले धरौटी जोगाउने मतसमेत प्राप्त गरेनन् ।

१४ वटा जिल्ला रहेको कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा १ सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । तीमध्ये ९१ जनाको जमानत जफत हुँदा १९ जना जोगिएका छन् ।

मोरङ क्षेत्र नम्बर १ मा १७ मध्ये १३, २ मा १७ मध्ये १४, ३ मा १८ मध्ये १५, ४ मा १९ मध्ये १६, ५ मा २२ मध्ये १८ र ६ मा १७ मध्ये १५ जनाको जमानत जफत भएको प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले बताए । उनका अनुसार मोरङमा ठूलो संख्याका उम्मेदवार धरौटी जोगाउन असफल भए ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा पनि धरौटी गुमाउने उम्मेदवारको संख्या अत्यधिक छ । ९० जना उम्मेदवारमध्ये १२ जना मात्रै जमानत जोगाउन सफल भएका छन् । झापा– १ मा १५ मध्ये १२, २ मा १८ मध्ये १६, ३ मा १७ मध्ये १५, ४ मा १६ मध्ये १३ र ५ मा २४ मध्ये २२ जनाको जमानत जफत भएको जानकारी दंगालले दिए ।

४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा १ सय १० जना उम्मेदवार प्रतिस्पर्धामा थिए । तीमध्ये १० जनाको मात्रै जमानत जोगिएको छ । सय जना उम्मेदवारले धरौटी गुमाए । सुनसरीको क्षेत्र नम्बर १ मा २६ मध्ये २४, २ मा २८ मध्ये २६, ३ मा २३ मध्ये २० र ४ मा ३३ मध्ये उम्मेदवार रहेकोमा ३० जनाको जमानत जफत भएको छ ।

२ वटा निर्वाचन क्षेत्र रहेको इलाममा १८ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर १ का १३ मध्ये ८ र २ का १४ मध्ये १० जना उम्मेदवारले जमानत जोगाउन नसकेका हुन् । त्यस्तै, २ वटै निर्वाचन क्षेत्र रहेको उदयपुरमा २१ जना उम्मेदवारको जमानत जोगिएन । क्षेत्र नम्बर १ का १८ मध्ये १३ र २ का १३ मध्ये ८ जनाको जमानत जफत भएको हो ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेका ताप्लेजुङ, पाँचथर, धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा ९१ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । यी ९ वटा जिल्लामा १ सय २७ जना उम्मेदवार थिए । ३६ जनाले मात्रै जमानत जोगाएका छन् ।

ताप्लेजुङमा १३ मध्ये ९, पाँचथरमा १५ मध्ये ११, धनकुटामा १७ मध्ये १३, संखुवासभामा १६ मध्ये १२, तेह्रथुममा १२ मध्ये ८, भोजपुरमा १२ मध्ये ७, खोटाङमा १५ मध्ये ११, ओखलढुंगामा १५ मध्ये ११ र सोलुखुम्बुमा १२ मध्ये ९ जना उम्मेदवारको जमानत जफत भएको छ ।

कोशी प्रदेशमा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै क्षेत्रमा विजयी भएको छ । रास्वपाले १७, नेपाली कांग्रेस र नेकपा (एमाले)ले ४–४ तथा श्रम संस्कृति पार्टीले ३ वटा सिट जितेका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा होम बिल्ड एक्जिविसन आयाेजना हुँदै
सामाजिक सञ्जालमा भ्रम फैलिएपछि सांसद रुक्मिणीदेवी कोइरालाकाे आपत्ति
उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा बजारमा ग्यास अभाव
सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध
यी हुन् ११० जना समानुपातिक सांसद
नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला
रवि लामिछानेविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने
‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि : भाडा समायोजन गर्न महासंघको माग
काँकडभिट्टा–लौकही सडक योजनामा स्वार्थको द्वन्द्व: सीडीई पन्तको पदस्थापन विवादमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.