अस्पतालमा आगलागी: १० जना बिरामीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २, सोमबार ११:५३

ओडिसा। भारतको ओडिसा राज्यस्थित कटकमा रहेको एससीबी मेडिकल कलेज एन्ड हस्पिटलको आईसीयूमा सोमबार बिहान भीषण आगलागी भएको छ। उक्त दुखद घटनामा उपचाररत १० जना बिरामीको मृत्यु भएको छ भने कैयौँ अन्य घाइते भएका छन्।

ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाको पुष्टि गर्दै मृतकका परिवारप्रति गहिरो दुःख व्यक्त गरेका छन्। आगलागी अस्पतालको ट्रमा केयर सेन्टरको पहिलो तलामा रहेको आईसीयूमा बिहान २:३० देखि ३ बजेको बीचमा सुरु भएको थियो। प्रारम्भिक अनुसन्धानका अनुसार आगलागीको कारण शर्ट सर्किट भएको अनुमान गरिएको छ। आगलागी हुँदा उक्त आईसीयूमा २३ जना बिरामी भर्ना थिए।

Advertisement

मुख्यमन्त्री माझीका अनुसार उद्धारका क्रममा ७ जना र उपचारका क्रममा थप ३ जना गरी जम्मा १० जनाको मृत्यु भएको हो। आगलागीपछि अस्पतालका कर्मचारी र सुरक्षाकर्मीहरूले धुवाँको प्रवाहबीच बिरामीहरूलाई बाहिर निकाल्न सफल भएका थिए। उद्धार कार्यमा संलग्न ११ जना अस्पतालका कर्मचारीहरू पनि घाइते भएका छन्।

मुख्यमन्त्रीले यस घटनाको न्यायिक जाँचका लागि आदेश दिएका छन् र दोषी पाइएका जोसुकैलाई कडा कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएका छन्। सरकारले मृतकका परिवारलाई जनही २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहायता दिने घोषणा गरेका छन्।

तपाइको प्रतिक्रिया
विराटनगरमा होम बिल्ड एक्जिविसन आयाेजना हुँदै
सामाजिक सञ्जालमा भ्रम फैलिएपछि सांसद रुक्मिणीदेवी कोइरालाकाे आपत्ति
उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा बजारमा ग्यास अभाव
सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध
यी हुन् ११० जना समानुपातिक सांसद
नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला
रवि लामिछानेविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने
‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि : भाडा समायोजन गर्न महासंघको माग
काँकडभिट्टा–लौकही सडक योजनामा स्वार्थको द्वन्द्व: सीडीई पन्तको पदस्थापन विवादमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.