‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २, सोमबार १७:२४

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति धनराज गुरुङले फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ को घटनाको दोस्रो ‘एपिसोड’ का रूपमा टिप्पणी गरेका छन्। सोमबार फेसबुकमार्फत लामो अभिव्यक्ति सार्वजनिक गर्दै नेता गुरुङले आफूले यो कुरा पहिल्यैदेखि भन्दै आएको दाबी गरे।

‘भदौ २३–२४ को घटनापछिको कांग्रेसको पहिलो कार्यसम्पादन समितिको बैठकमा नै मैले यो पहिलो एपिसोड हो र दोस्रो एपिसोड बाँकी छ भनेको थिएँ,’ गुरुङले भने, ‘जुनसुकै रूपमा दोस्रो एपिसोड आउन सक्छ र त्यसको सामना गर्न तयार रहनुपर्छ भन्ने मेरो धारणा थियो।’

Advertisement

यो कुरा त्यसपछिका प्राय: सबै औपचारिक र अनौपचारिक बैठकमा आफूले दोहोर्‍याइरहेको उनले उल्लेख गरे। ‘तर, यस विषयमा पदाधिकारी, पूर्व पदाधिकारी एवं वरिष्ठतम नेताहरूलाई ज्ञानको अभाव भयो कि ?,’ उनले प्रश्न गरे।

आफूले बारम्बार सचेत गराउँदा पनि कतिपय नेताहरूले बुझ्न नचाहेको र कतिपयको पदको महत्त्वाकाङ्क्षाले थिचिएको मानसपटलले यथार्थ बुझ्न नसकेको उनले बताए। ‘मैले भनेझैँ दोस्रो एपिसोड फागुन २१ निर्वाचनको रूपमा आयो। धेरैलाई यो भदौ २३-२४ को दोस्रो एपिसोड हो भन्ने थाहै भएन,’ नेता गुरुङले भने। थाहा पाउँदासम्म धेरै ढिला भइसकेको उनले बताए।

आफूले ‘चुनाव लडौँ कि कसो गरौँ ?’ भनेर सोध्ने केही नेताहरूलाई नलड्न सुझाव दिएको समेत उनले खुलाए। किनकि यो भदौ २३-२४ को दोस्रो एपिसोड हो भन्ने कुरामा म दुबिधामा थिइनँ, उनले भने। आफूसँग सल्लाह लिएर पनि चुनाव लडेका नेताहरूले हार बेहोर्नुपरेको बताउँदै गुरुङले अब चुकचुकाउनुको कुनै अर्थ नरहेको उल्लेख गरे।

तपाइको प्रतिक्रिया
विराटनगरमा होम बिल्ड एक्जिविसन आयाेजना हुँदै
सामाजिक सञ्जालमा भ्रम फैलिएपछि सांसद रुक्मिणीदेवी कोइरालाकाे आपत्ति
उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा बजारमा ग्यास अभाव
सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध
यी हुन् ११० जना समानुपातिक सांसद
नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला
रवि लामिछानेविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने
‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि : भाडा समायोजन गर्न महासंघको माग
काँकडभिट्टा–लौकही सडक योजनामा स्वार्थको द्वन्द्व: सीडीई पन्तको पदस्थापन विवादमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.