
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० जना सांसदको नामावली घोषणा गरेको छ ।
सोमबार आयोगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सांसदहरुको सूची प्रकाशित गरेको हो ।
प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ । सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो ।

























