
इलाम । जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाका स्थानीय तहमा चरणबद्ध रूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ ।
कार्यालयका अनुसार पहिलो चरणमा सूर्योदय नगरपालिका, इलाम नगरपालिका र देउमाई नगरपालिका बाहेक जिल्लाका सातवटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । दोस्रो चरणमा सूर्योदय, इलाम र देउमाई नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ ।
यस्तै, केही समयपछि आवश्यक प्रक्रिया पूरा गरी सूर्योदय नगरपालिका–२ स्थित अध्यागमन तथा सीमा प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेसनबाट नियमित रूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइने जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी थप जानकारी र प्रक्रियाका लागि सम्बन्धित स्थानीय तह तथा कार्यालयसँग समन्वय गर्न आग्रह गरेको छ ।

























