कार्यवाहक प्रधानमन्त्रीमा विराजभक्त

Share this
835shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार १५:०२

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा श्रेष्ठले सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको जानकारी राष्ट्रपति कार्यालयलाई गराइएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार यससम्बन्धी पत्र कार्यालयमा प्राप्त भइसकेको छ ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुँदैछन् । मन्त्रिपरिषद्को दोस्रो र तेस्रो वरीयतामा रहेका दुवै मन्त्री प्रधानमन्त्रीसँगै भारत जाने भएपछि चौथो वरीयतामा रहेका श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ । यसबाहेक दुई प्रधानमन्त्रीबीच छुट्टै भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।

दुई दिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.