रूसको प्रमुख तेल केन्द्रमा ड्रोन आक्रमणपछि भीषण आगलागी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १, आइतबार १४:२०

क्रास्नोडार (रूस)। रूसको दक्षिणी क्षेत्रमा पर्ने क्रास्नोडारस्थित टिखोरेत्स्क तेल केन्द्रमा आइतबार पुनः ड्रोन आक्रमण भएको छ। रूसी अधिकारीहरूका अनुसार युक्रेनी ड्रोनलाई आकाशमै खसाल्ने क्रममा त्यसको भग्नावशेष तेल केन्द्रमा खसेपछि आगलागी सुरु भएको हो।

क्षेत्रीय परिचालन केन्द्रले आइतबारको घटनामा कुनै मानवीय क्षति नभएको प्रारम्भिक जानकारी दिएको छ। आगलागी नियन्त्रणका लागि ८० भन्दा बढी अग्निनियन्त्रक र २६ वटा दमकल परिचालन गरिएको थियो। यो केन्द्र दक्षिणी रूसकै सबैभन्दा ठूलो र रणनीतिक तेल केन्द्रमध्ये एक मानिन्छ, जहाँबाट कृष्ण सागरको प्रमुख बन्दरगाह नोभोरोसिस्कतर्फ पेट्रोलियम पदार्थ आपूर्ति हुने गर्दछ।

Advertisement

यसअघि गत बिहीबार (फागुन २८ गते) पनि टिखोरेत्स्कस्थित तेल पम्पिङ स्टेसनमा ड्रोन आक्रमण भएको थियो। उक्त समयमा लागेको आगो शुक्रबार मात्रै नियन्त्रणमा आएको थियो। पछिल्लो सातामा यस क्षेत्रका अफिपस्की तेल रिफाइनरी र काभकाज बन्दरगाहमा पनि ड्रोन आक्रमणका कारण क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

युक्रेनले रूसी सैन्य–आर्थिक क्षमता कमजोर पार्ने रणनीति अन्तर्गत पछिल्लो समय रूसी तेल र ग्यास पूर्वाधारहरूलाई लक्षित गरी आक्रमण तीव्र बनाएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरमा होम बिल्ड एक्जिविसन आयाेजना हुँदै
सामाजिक सञ्जालमा भ्रम फैलिएपछि सांसद रुक्मिणीदेवी कोइरालाकाे आपत्ति
उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा बजारमा ग्यास अभाव
सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध
यी हुन् ११० जना समानुपातिक सांसद
नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला
रवि लामिछानेविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने
‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि : भाडा समायोजन गर्न महासंघको माग
काँकडभिट्टा–लौकही सडक योजनामा स्वार्थको द्वन्द्व: सीडीई पन्तको पदस्थापन विवादमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.