दुबई विमानस्थल नजिक ड्रोन आक्रमणपछि इन्धन ट्यांकीमा आगलागी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २, सोमबार ०८:३२

एजेन्सी । संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबार ड्रोन आक्रमण हुँदा दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको इन्धन ट्यांकीमा आगलागी भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार विमानस्थल आसपास क्षेत्रमा खसेका ड्रोनका कारण आगलागी भएको हो । आक्रमणपछि सिभिल डिफेन्सका टोलीहरू तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिनलाई खटिएको दुबई मिडिया अफिसले जनाएके छ ।

Advertisement

प्रारम्भिक विवरणअनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक कम्तीमा दुईवटा ड्रोन खसेका थिए ।

ड्रोन खस्दा विमानस्थल क्षेत्र नजिकै रहेको इन्धन भण्डारण ट्यांकीमा आगलागी भएको बताइएको छ । घटनापछि सुरक्षा सतर्कता बढाएर सम्बन्धित निकायहरूले घटनाबारे थप अनुसन्धान गरिरहेका छन् ।

अमेरिका–इजरायल र इरानबीच तनाव फेब्रुअरी २८ देखि सुरु भएको हो । तनाव एवं सैन्य गतिविधि बढेसँगै खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमणको क्रम तीव्र बन्दै गएको छ । त्यसयता खाडी क्षेत्रका विभिन्न मुलुकहरूले २ हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

अमेरिकी कूटनीतिक नियोग, सैन्य अड्डा, तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय भवनहरूलाई लक्षित गरेर आक्रमण भइरहेका छन् । इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेपछि संयुक्त अरब इमिरेट्स पनि यस्ता आक्रमणको जोखिममा परेको विश्लेषण गरिएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा होम बिल्ड एक्जिविसन आयाेजना हुँदै
सामाजिक सञ्जालमा भ्रम फैलिएपछि सांसद रुक्मिणीदेवी कोइरालाकाे आपत्ति
उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा बजारमा ग्यास अभाव
सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध
यी हुन् ११० जना समानुपातिक सांसद
नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला
रवि लामिछानेविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने
‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि : भाडा समायोजन गर्न महासंघको माग
काँकडभिट्टा–लौकही सडक योजनामा स्वार्थको द्वन्द्व: सीडीई पन्तको पदस्थापन विवादमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.