युद्ध र शान्ति: मानवीय संवेदना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १२, शनिबार १३:००

१.
मनभित्र युद्ध
मरुभूमिमा
मिसाइल
शान्ति
टुक्रिन्छ।

२.
अहंकार जल्छ
भिड्छ
मानवता
रोयो।

Advertisement

३.
मनको द्वन्द्व
हर्मुजमा
तनाव
समुद्र
काँप्यो।

४.
रिसको ज्वाला
मरुभूमि
रातो भो
आकाश
फुट्यो।

५.
भित्रको क्रोध
ड्रोन
बनेर उड्छ
शहर
थर्कियो।

६.
शान्ति खोज्दा
बारुदको
उत्तर
मानव
हरायो।

७.
अशान्त आत्मा
तेहरानदेखि
वाशिङ्टन
दूरी
सानो।

८.
मनको विषले
राजनीति
जलाउँछ
बालक
रुन्छ।

९.
घृणाको बीउ
मरुभूमिमा
उम्रियो
मृत्युको
फूल।

१०.
संवाद हरायो
मिसाइलले
बोल्यो
विश्व
चुप लाग्यो।

११.
भित्रको डर
परमाणु
छायाँमा
सूर्य
लुक्यो।

१२.
शक्ति प्रदर्शन
मानवताको
हार
धूलो
उड्यो।

१३.
मनको आगो
तेलभन्दा
गहिरो
युद्ध
बल्छ।

१४.
क्रोधको आँधी
सीमा
भत्काउँछ
नक्सा
काँप्छ।

१५.
अन्तर्मन कालो
शहर
उज्यालो छैन
धुवाँ
मात्रै।

१६.
प्रार्थना मौन
मिसाइल
चिच्यायो
मन्दिर
रोयो।

१७.
मानव बिर्सियो
आत्माको
आवाज
बारुद
जित्यो।

१८.
शान्ति सपना
राजनीतिक
खेलमा
रगत
लेखिन्छ।

१९.
अशान्त नेता
विश्व
नै रणभूमि
भोलि
अनिश्चित।

२०.
मन शुद्ध भए
मरुभूमि
फुल्थ्यो
युद्ध
हराउँथ्यो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.