
विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । सुनचाँदीको भाउ मंगलबार पनि घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन तोलाको २ लाख ८३ हाजर ५ सय रूपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको १ सय ५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ४ हजार ४ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबार तोलाको ४ हजार ५ सय ९० रूपैयाँ थियो ।

























