कविता : आफ्नै छाया बिरानो लाग्छ

मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८३ वैशाख १९, शनिबार १४:३५

आफ्नै छाया बिरानो लाग्छ आजभोलि ।
मेरो प्रतिविम्ब छोडी भाग्छ आजभोलि ।

नदेखेको धेरै भो आफूभित्रको झझल्को ।
आखिर जिन्दगानी भन्नु रहेछ दुई पलको ।
धड्कँदा धड्किँदै मुटु थाक्छ आजभोलि ।
मेरो प्रतिबिम्ब छोडी भाग्छ आजभोलि ।

Advertisement

आँसुहरू परेको छ आँखा भित्रै थुन्नु मैले ।
एउटै मुटु, एउटै दिमाग कसको सुन्नु मैले ।
अधुरा ती रहरहरू जाग्छ आजभोलि ।
मेरो प्रतिविम्ब छोडी भाग्छ आजभोलि ।

सुजन विश्वकर्मा,  हेटौडा

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.