शैलजा सञ्चालनका लागि गंगालालसँग सहकार्य

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक ९, शुक्रबार १७:५०

विराटनगर । विराटनगरमा रहेको शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालनका लागि गंगालाल हृदय रोग अस्पतालसँग सहकार्य गरिने भएको छ ।

कोशी प्रदेश सरकार मातहत रहेको तत्कालीन कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा स्थापना भएको शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालनका लागि गंगालाल हृदय रोग अस्पतालसँग सहकार्य गरिने भएको हो ।

बिहीबारदेखि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले पदभार ग्रहण गर्दै शैलजा सञ्चालनका लागि गंगालालसँग सम्झौता गर्ने निर्णय गरेका हुन् । ‘संघीय स्वास्थ्यमन्त्री प्रदीप पौडेलज्यूसँग पनि कुरा गरेर शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई सञ्चालनका लागि गंगालाल अस्पतालसँग सम्झौता गर्ने निर्णय भएको छ,’ मन्त्री राईले भने ।

कोभिड-१९ उपचार केन्द्रको संरचनामा शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन गर्ने निर्णय तत्कालीन मुख्यमन्त्री केदार कार्कीले गरेका थिए ।  तर, वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे प्राथमिकतामा यो अस्पताल परेन । कांग्रेस-एमाले गठबन्धन सरकारमा स्वास्थ्य मन्त्रालय कांग्रेसले नै नेतृत्व गरेका कारण  अस्पताल सञ्चालनका लागि सम्झौता गर्ने निर्णय भएको हो ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×