कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १४:२१

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक संरचना र कार्यशैलीमा व्यापक परिवर्तन गर्ने योजना अघि सारेको छ । पार्टी सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा संगठनलाई प्रविधिमैत्री बनाउनेदेखि नेतृत्व चयनको प्रक्रियासम्म सुधार गर्ने प्रस्ताव अघि सारिएको हो ।

थापाको प्रस्तावमा कांग्रेसलाई परम्परागत निर्देशनमुखी संरचनाबाट बाहिर निकालेर सदस्यदेखि नेतृत्वसम्मको सहभागिता र उत्तरदायित्व बढाउने संगठनका रूपमा विकास गर्ने योजना समेटिएको छ । पार्टी सदस्यता वितरण तथा नवीकरण, आन्तरिक छलफल, निर्वाचन र आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा लैजाने प्रस्ताव गरिएको छ ।

प्रस्तावले पार्टीभित्र पुस्तान्तरणको विषयलाई पनि प्राथमिकतामा राखेको छ । १८ देखि २१ वर्ष उमेर समूहका युवाको सहभागिता र आवाजलाई संस्थागत गर्न ‘युथ काउन्सिल’ तथा अग्रज नेताहरूको अनुभव र ज्ञानलाई उपयोग गर्न ‘विज्डम काउन्सिल’ गठन गर्ने अवधारणा अघि सारिएको छ ।

नेतृत्व र उम्मेदवार छनोटमा देखिँदै आएको पैसा तथा पहुँचको प्रभाव घटाउन प्राथमिक निर्वाचन अर्थात् ‘प्राइमरी’ प्रणाली लागू गर्ने प्रस्ताव पनि थापाले अघि सारेका छन् । त्यस्तै, नेता तथा कार्यकर्ताको मूल्यांकन गुटगत सम्बन्धका आधारमा नभई समुदाय र नागरिकका लागि गरेको सार्वजनिक कामका आधारमा गर्ने नीति प्रस्तावमा समेटिएको छ ।

सभापति थापाले कांग्रेस अब राजनीतिक आश्वासन बाँड्ने दलका रूपमा सीमित हुन नहुने बताएका छन् । नागरिकका दैनिक समस्या समाधान गर्न पार्टीले प्रत्यक्ष रूपमा भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

उनले कांग्रेसलाई नीति निर्माण र अनुसन्धानमा केन्द्रित गराउने, युवालाई उद्यमशीलतासँग जोड्ने तथा बदलिँदो समयअनुसार संगठनको क्षमता विकास गर्ने योजना अघि सारेका छन् । आगामी चार वर्षमा कांग्रेसलाई राष्ट्रिय पुनर्जागरण र समुन्नतिको नेतृत्व गर्न सक्ने आधुनिक र भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसमेत प्रस्तावमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×