खनारमा दुर्घटना : साइकल यात्रीको मृत्यु, बसमा आगजनी

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार १७:३३

सुनसरी । कोशी राजमार्गअन्तर्गत सुनसरीको खनारको शान्ति चोकमा अहिले केही बेरअघि यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

इटहरी हुँदै विराटनगरतर्फ आउँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

Advertisement

दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् । आगजनीबाट जलेर बस पूर्णरूपले ध्वस्त भएको छ ।

दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले बसलाई खानर चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए ।

दुर्घटनालगत्तै खनार क्षेत्र तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

चालकलाई भने इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

थप अपडेट

दुर्घटनापछि सुनसरीको खनार तनावग्रस्त : बसमा आगजनी, हवाई फायर र अश्रुग्यास प्रहार

तपाइको प्रतिक्रिया
विराटनगरमा होम बिल्ड एक्जिविसन आयाेजना हुँदै
सामाजिक सञ्जालमा भ्रम फैलिएपछि सांसद रुक्मिणीदेवी कोइरालाकाे आपत्ति
उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा बजारमा ग्यास अभाव
सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध
यी हुन् ११० जना समानुपातिक सांसद
नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला
रवि लामिछानेविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने
‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि : भाडा समायोजन गर्न महासंघको माग
काँकडभिट्टा–लौकही सडक योजनामा स्वार्थको द्वन्द्व: सीडीई पन्तको पदस्थापन विवादमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.