दुर्घटनापछि सुनसरीको खनार तनावग्रस्त : बसमा आगजनी, हवाई फायर र अश्रुग्यास प्रहार (भिडियाे)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार १९:१६

सुनसरी । कोशी राजमार्गअन्तर्गत सुनसरीको खनारको शान्ति चोकमा आइतबार साँझ यात्रुवाहक बसको ठक्करबाट साइकलमा यात्रा गरिरहेकी बालिकाको मृत्यु भएको छ ।

इटहरी हुँदै विराटनगरतर्फ आइरहेको नागरिक यातायातको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सुनसरीको इटहरी उपमहानगरपालिका–१० की १३ वर्षीया सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी इटहरीको जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययरत थिइन् ।

Advertisement

बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । शवलाई भने घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि पठाइसकिएको उनको भनाइ छ ।

दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् । आगजनीबाट बस पूर्णरूपले जलेर ध्वस्त भएको छ ।

दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले बसलाई खानर चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नाम खुलेको छैन ।

दुर्घटनापछि खनार क्षेत्र तनावग्रस्त भएको छ । ठूलो संख्यामा भेला भएका स्थानीयले ढुंगामुडा गर्दै बसमा आगजनी गरेको प्रजिअ तिवारीले बताए । प्रजिअ तिवारी पनि घटनास्थलमा पुगेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिना, जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिना, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीलगायतका प्रहरी अधिकारी घटनास्थलमा पुगेका थिए । घटनास्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तर, स्थितिलाई नियन्त्रणमा लिन कठिन भइरहेको प्रहरीले जनाएको छ । आक्रोसित भिडले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुडा गरिरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । अश्रुग्यास पनि प्रहार गरिएको छ ।

‘भिड अत्तेजक र अराजक भएर आगजनीमा उत्रियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार गर्नु परेको छ । अझैसम्म स्थिति तनावग्रस्त छ । नियन्त्रणमा लिने प्रयास जारी छ,’ प्रजिअ तिवारीले भने ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.