
विराटनगर । विराटनगर महानगरपालिका –९ मा रहेको विराट क्याम्पसले कक्षा ११ का लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेकाे छ । १५० जना विद्यार्थीका लागि प्रवेश परीक्षा गरेकाे हाे । परीक्षामा ५ सय १७ जना विद्यार्थीहरु सामेल भएका थिए । क्याम्पसले ३४ औं व्याचमा नयाँ भर्ना गर्दैछ ।
नयाँ पद्धितबाट पढाइ हुने भएका कारण विद्यार्थीको रोजाइमा परेकाे कलेजले जनाएकाे छ ।
व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्टलगायतमा पढाइ हुन्छ ।

























