विद्यार्थीलाई अर्किड कलेजको स्वागत 

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ७, बुधबार २०:१४

विराटनगर । कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटेल संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई विराटनगरको अर्किड कलेजले स्वागत सम्मान गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच नव आगन्तुक विद्यार्थीहरूलाई कलेजले स्वागत सम्मान गरेको हो ।

विद्यार्थीहरूलाई स्वागत सम्मानका साथै अभिमुखीकरण गरेको छ । त्यसमा अवसरमा कलेजको शैक्षिक वातावरण, नीति नियम, योजना, कसरी पढाइमा सफलता मिल्छ भन्ने लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा मोरङ जिल्ला समन्वय इकाईका प्रमुख जीवन गड्तौलाले आजको युग प्रविधि र प्रतिस्पर्धाको युग भएकाले शिक्षा प्रणाली पनि त्यसअनुसार अद्यावधिक हुनुपर्ने बताए ।

उनले रोजगारमुखी र प्रविधिमैत्री शिक्षा प्रणालीतर्फ जानुपर्ने आवश्यकता रहेको छ । शिक्षाको मूल्य मात्र प्रमाणपत्र होइन, व्यवहारिक सीप पनि रहेको, उनले भने ।

कार्यक्रममा कलेजका प्रिन्सिपल सीएम श्रेष्ठले विद्यार्थीलाई स्वागत गर्दै, ‘अर्किड कलेजको लक्ष्य नै दक्ष जनशक्ति उत्पादन गर्नु हो । गुणस्तरीय शिक्षामार्फत विद्यार्थीको भविष्य निर्माण गर्ने हामी प्रतिबद्ध छौँ ।’

उनले विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिँदै शिक्षण प्रक्रिया अघि बढाइने बताए ।

कलेजका अध्यक्ष अमित ढकालले अर्किड कलेजले विद्यार्थीको आवश्यकता बुझेको र उनीहरूको रुचिअनुसार गुणस्तरीय शिक्षाको वातावरण निर्माण गरिरहेको बताए ।

उनले विद्यार्थीलाई कक्षा कोठाभित्र मात्रै सीमित नराखी व्यवहारिक ज्ञान, नेतृत्व विकास र सिर्जनात्मकतालाई पनि प्राथमिकताका साथ अघि राख्ने गरेको सुनाए ।

कलेजका निर्देशक दीपेश बास्तोलाले नयाँ भर्ना भएका विद्यार्थी र अभिभावकप्रति आभार व्यक्त गर्दै भविष्य निर्माणको यात्रामा अर्किड कलेज रोजेकोमा धन्यवाद दिए ।

उनले विद्यार्थीलाई अध्ययनसँगै अनुशासन, आत्मविश्वास र सामाजिक उत्तरदायित्व सिकाउने उद्देश्य कलेजको रहेको प्रस्टाए ।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेर । शिक्षक, विद्यालयका पदाधिकारी, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

कक्षा ११ को विज्ञान संकायमा ४ सय ४७, व्यवस्थापन र होटेल म्यानेजमेन्ट संकायमा ५ सय १७ जना गरी जम्मा ९ सय ६४ जना विद्यार्थीलाई भर्ना भएका छन् ।

सो अवसरमा कलेजको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थी र कक्षा ११ मा टप १० स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.