मोरङमा ‘आपराधिक उपद्रो’ मुद्दाका ६ जना फरार अभियुक्त पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १५, सोमबार ०९:११
१५ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ

विराटनगर । मोरङ जिल्ला अदालतबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएका ६ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक सरोज खनालको कमान्डमा खटिएको टोलीले उनीहरूलाई २०८२ मंसिर १४ गते राति उनीहरूको घर वरपरबाट फेला पारी नियन्त्रणमा लिएको हो ।

Advertisement

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-३ बस्ने ४१ वर्षीय महेश नेपाल, वडा ५ बस्ने २६ वर्षीय आवाज पौडेल, वडा ६ बस्ने ५५ वर्षीय बलराम कामत, वडा १० बस्ने ३२ वर्षीय राजिव यादव र सोही वडाका ३७ वर्षीय ताजिम अन्सारी तथा वडा ११ बस्ने २९ वर्षीय अरुण साह छन् ।

पक्राउ परेका सबै अभियुक्तहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.