नेतृत्वले छोड्दैन भन्ने टेन्सन छोड्दिनुस् : प्रचण्ड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार १६:१५

विराटनगर । नेकपा संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ विचार, राजनीति र कार्यशैलीका साथ पुनर्गठित गर्दै अघि बढाउने बताएका छन् ।विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठकलाई सम्बाेधन गर्दै उनले युवाहरुलाई अगाडि आउन आग्रह गरेका हुन् ।

‘अहिले विचार, राजनीति, सङ्गठन र कार्यशैलीमा नयाँ रणनीति पार्टी बनाउने हो, नेतृत्वले छोड्दैन भन्ने टेन्सन छोड्दिनुस् तपाईंहरू तपाईंहरूको हातमा आयो अब नेतृत्व,’ उनले भने,’ म तपाईंहरू अलि हामी भन्दा अर्को पुस्ताका योग्य साथीहरूलाई म अपिल गर्न चाहन्छु तपाईंहरू आउनुस् अगाडि ।’

Advertisement

प्रचण्डले देशैभर अझै पनि पार्टी, क्रान्ति र राष्ट्रिय स्वाधीनताका लागि लड्न चाहने हजारौँ इमानदार कार्यकर्ताहरूको पङ्क्ति रहेको बताए । उनले विचार, राजनीति, सङ्गठन र कार्यशैलीमा नयाँ रणनीतिसहितको पार्टी बनाउने पनि बताए ।पार्टी नेतृत्वले नयाँ पुस्तालाई अवसर दिँदैन भन्ने कुरा प्रतिक्रियावादीहरूले फैलाएको सुनियोजित भ्रम मात्र भएको प्रचण्डको दाबी छ।

‘हामी जति वर्ष बाँचिन्छ, हामी देशको निम्ति बाँच्छौँ, त्यसैको निम्ति मर्छौँ भन्ने सङ्कल्प गरेका छौँ,’ उनले भने,’ तपाईंहरूलाई लिडरसिपले दिँदैन, छोड्दैन भन्ने भ्रम अमेरिकी साम्राज्यवादले वा अरू प्रतिक्रियावादीले छरेको  पछि तपाईंहरू नलाग्नुस् ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.