विद्यार्थीलाई न्यानो कपडा वितरण 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष १२, शनिबार १९:०६
विद्यार्थीलाई न्यानो कपडा वितरण 

विराटनगर । विराटनगरको राम आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण गरिएको छ ।  ४१ क्लब नं. १ विराटनगरले विद्यालयका १ सय जना विद्यार्थीलाई जाडोका लागि स्वेटर, स्टेशनरी र खेलकुद सामग्री वितरण गरिएको हो।

क्लबले चिसोबाट बच्न, विद्यार्थीको शैक्षिक प्रोत्साहन र शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले न्यानोका लागि स्वेटर कापी, शैक्षिक सामग्रीका साथै खेलकुदका खेल सामग्री वितरण गरिएको क्लबका अध्यक्ष सुभाष अग्रवालले जानकारी दिए ।

Advertisement

उनले सामुदायिक विद्यालय र विपन्न वर्गका बालबालिकाको उत्थानका लागि क्लबले निरन्तर कार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा क्लबका सदस्यहरू राजकुमार गोयल, राजकुमार गोल्छा, सुरेन्द्र गोल्छा, रमेश राठी, किशन तोदी, दिनेश राठी, कमलेश अग्रवाल र मनिष बोहराको उपस्थिति रहेको थियो ।

यसअघि सो क्लबले यस विद्यालयमा घेराबारा, खानेपानी सुविधा र शौचालय निर्माणमा सहयोग गरेको थियो । क्लबको निरन्तर सहयोगले विद्यालयको भौतिक पूर्वाधार र सरसफाइको अवस्थामा उल्लेख्य सुधार आएको विद्यालय प्रशासनले जनाएको छ।

 

तपाइको प्रतिक्रिया
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव अस्पतालमै, यस्तो छ परिवारको अडान
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
इराकमा अमेरिकी र साउदी सेनाको आक्रमण, २० जनाको मृत्यु
सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा प्रमुखहरूसँग छलफल, उच्च सतर्कता अपनाउन निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×