विराटनगरमा ‘एमटी ८८४८’ ब्याण्डको प्रस्तुति 

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १४, शनिबार १५:३०
विराटनगरमा ‘एमटी ८८४८’ ब्याण्डको प्रस्तुति 

विराटनगर । विराटनगरस्थित नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले समाजसेवा र शैक्षिक परियोजनालाई जोड्दै एक बृहत् साँगीतिक च्यारिटी सो आयोजना गर्ने भएका छन् ।

कलेजको बीबीए ७ औँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आगामी चैत २७ गते विराटनगरको जैन भवनमा ‘साँगीतिक च्यारिटी सो’ गर्न लागेको कलेजले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।

Advertisement

साँगीतिक कार्यक्रममा नेपालको चर्चित ब्यान्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुती रहने छ । कलेजका विद्यार्थीहरूले आफ्नो ‘प्रोजेक्ट वर्क’ अन्तर्गत यो कार्यक्रम आयोजना गर्न लागेको कलेजकी निर्देशक पिंकी शर्माले जानकारी दिइन् । उनले विद्यार्थीहरूले बजार सर्वेक्षण गरेर नै ब्यान्डको छनोट गरेको बताइन् ।

विद्यार्थीहरूले गरेको सर्भेमा सबैभन्दा बढी रुचाइएको ब्यान्डका रूपमा ‘एमटी ८८४८’ देखिएपछि हामीले सोही ब्यान्डलाई आमन्त्रण गरेका हौँ, निर्देशक शर्मा भनिन् ।

यो कार्यक्रमको मुख्य विशेषता भनेको यसको पूर्ण व्यवस्थापन विद्यार्थी स्वयमले गर्नु हो । कार्यक्रमको प्रायोजक खोज्नेदेखि लिएर बजार व्यवस्थापन र कार्यक्रम सञ्चालनका सबै पक्षहरूमा विद्यार्थीहरू प्रत्यक्ष संलग्न रहेका छन् । यसले उनीहरूको व्यवस्थापकीय क्षमता र व्यावहारिक सीपलाई निखार्ने कलेजको विश्वास छ ।

यस साँगीतिक कार्यक्रमबाट संकलन भएको रकम र खर्च कटाएर बाँकी रहेको बचत रकम सामाजिक उत्तरदायित्वअन्तर्गत ‘विराटेश्वर वृद्धाश्रम’ लाई हस्तान्तरण गरिने छ । यसअघि पनि बीबीए ७ औँ सेमेस्टरका विद्यार्थीले २ पटक सफलतापूर्वक यस्तै च्यारिटी सो सम्पन्न गरिसकेका छन् ।

सन् २०१४ मा मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरेको नेपाल बिजनेस कलेजले विराटनगरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । कलेजका निर्देशक दीपक कोइरालाका अनुसार हाल कलेजमा बीबीए, एमबीए, बीएचएम र बीआइटी संकायमा गरी कूल ३३८ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

विद्यार्थीहरूलाई केबल किताबी ज्ञानमा मात्र सीमित नराखी सामाजिक कार्य र व्यावसायिक क्षेत्रको व्यावहारिक अनुभव दिलाउन यस्ता कार्यक्रमहरूले ठूलो भूमिका खेल्ने कलेजको भनाइ छ ।

तपाइको प्रतिक्रिया
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
भारी हिमपातले आरोहण प्रभावित
बाढी प्रभावित परिवार बसाउन २७७ कित्ता जग्गा पहिचान
 गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्री
एमाले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न, पुनर्गठन कार्यदलको प्रतिवेदन माग
भरत दाहालको रिटमा कारण देखाउ आदेश
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
सहारा नेपालको निर्वाचनमा होमिएकी प्रमिला तिम्सिना, उत्कृष्ट बुहारीदेखि महिला सदस्यको उम्मेदवारसम्म
आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
नेपाल पाकिस्तानसँग पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×