जेनजी आन्दोलनको छानबिन प्रतिवेदनमा एमालेको आपत्ति, पूर्वप्रधानमन्त्री ओलीको रिहाइ माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १९, बिहीबार १४:५२

काठमाडौं। नेकपा (एमाले)ले जेनजी आन्दोलनको जाँचबुझका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति कडा आपत्ति जनाएको छ। प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा एमालेले भदौ २३ र २४ गतेका घटनाका सम्बन्धमा आयोगले दुई थरी निर्णय गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।

बैठकको सुरुमै एमाले सांसद गुरु बरालले सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि गैरकानुनी रूपमा धरपकड गरेको आरोप लगाए। उनले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै उनीहरूलाई आजै रिहा गर्न माग गरे।

Advertisement

सांसद बरालले कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन त्रुटिपूर्ण रहेको दाबी गरे। उनले भदौ २४ गते भएको विध्वंसका विषयमा प्रतिवेदन मौन रहेको भन्दै सो घटनाको पुनः निष्पक्ष छानबिन हुनुपर्ने माग राखे। एमालेले सरकारी प्रतिवेदनले घटनाको वास्तविक तथ्यलाई बंग्याउन खोजेको आरोप लगाउँदै संसदमा आवाज उठाएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.