नृत्योपासनाको वार्षिक मूल्यांकन सम्पन्न, सबै विद्यार्थी सफल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १६:४६

विराटनगर । विराटनगरको शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय (नृत्योपासना)ले विद्यार्थीहरुको वार्षिक मूल्यांकन सम्पन्न गरेको छ ।

विद्यालयले मूल्यांकन पश्चात उनीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको छ । शुक्रबार भएको मूल्यांकन परीक्षामा नृत्योपासनामा प्रशिक्षण लिरहेका प्राथमिकदेखि पाँचौं वर्षसम्मका कुल ६ वटा ब्याचको वार्षिक मूल्यांकन गरिएको हो । वार्षिक मूल्यांकनमा पास भएका सबैजना अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

विद्यार्थीहरुलाई भरत नाट्यम विधामा भारतको चेन्नाईबाट स्नातकोत्तर पूरा गरेकी नृत्योपासना विराटनगरकी सञ्चालक एवं प्रशिक्षक सन्तोष निधि राठीले प्रशिक्षण गराइरहेकी छन् । सो अवसरमा विद्यार्थीहरूलाई परीक्षामा उत्तीर्ण भएको प्रमाणपत्रसमेत प्रदान गरिएको प्रशिक्षक राठीले जानकारी दिइन् ।

प्रमाणपत्र वितरण कार्यक्रममा विद्यार्थीहरूका अभिभावकको समेत उपस्थिति रहेको थियो । नृत्योपासनाले विराटनगरमा शास्त्रीय संगीतका विभिन्न रागमा नृत्य प्रशिक्षण दिँदै आएको सञ्चालक राठीले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया
भारतीय चार विश्वविद्यालयका ११४ जनाको समकक्षता त्रिविद्वारा खारेज
प्रतिनिधिसभा साउन १४ सम्म स्थगित
कोशीको सम्भावित सत्ता समीकरण : नेकपालाई फकाउँदै कांग्रेस–एमाले
विराटनगरमा दिनबन्धु गोयल सम्मानित
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा चार कानुनविद् अदालतको सहयोगी नियुक्त
तीन महिनामै नेप्सेमा ठूलो पहिरो, लगानीकर्ताको सम्पत्तिमा झन्डै ६ खर्ब रुपैयाँको क्षति
सुकुम्वासी पुनर्स्थापनामा संसद्‌मा जरुरी प्रस्ताव
सुरक्षा र कूटनीतिमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने
सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो
विश्वकपको महायुद्ध : इतिहास बोकेको इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.