सुनचाँदीको मूल्यमा ठूलो गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ५, शुक्रबार १०:५६
  सुनको मूल्य घट्यो 

विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । सुनचाँदीको मूल्य केही दिनयता निरन्तर घटिरहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको १० हजार ५ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार २ लाख ९७ हजार २ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ सय ५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ६ सय ४० रूपैयाँ कायम भएको छ । चाँदीको मूल्य बिहीबार प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.