भण्डारीले लिइन् वरिष्ठ नेता पदको शपथ

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १४:२३

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीबाट वरिष्ठ नेताको शपथ लिएकी छन् । एमालेको ११औं महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि आज (बिहीबार) पार्टी मुख्यालय च्यासलमा अध्यक्ष ओलीले भण्डारीलाई शपथ गराएका हुन् ।

यसअघि केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गरेको थियो । मनोनीत भएपछि उनी पहिलो पटक पार्टी बैठकमा सहभागी भएकी हुन् ।राष्ट्रपति निर्वाचित भएपछि एमालेको सदस्यता त्यागेकी भण्डारी करिब ११ वर्षपछि पार्टी बैठकमा सहभागी भएकी हुन् । दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको पदावधि २०७९ फागुन २८ मा सकिएको थियो ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि उनले एमालेको सदस्यता नवीकरण गराएकी थिइन् । त्यसपछि उनलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको हो । एमालेको व्यवस्थाअनुसार वरिष्ठ नेताले सबै कमिटीका बैठकमा सहभागी हुन पाउने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×