धरानमा दुई राउन्ड हवाई फायर गरेर दुई क्विन्टल गाँजासहित पाँच जना पक्राउ

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार ०९:३३

विराटनगर । सुनसरीको धरानमा गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई राउन्ड हवाई फायर गरी दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।
सोमबार (आज) बिहान धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट दुई वटा स्कार्पियो गाडीमा लोड गरिएको २ क्विन्टल ९ किलो ४२० ग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार आज बिहान करिब ३ बजेतिर गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले च्यानडाँडामा दुई वटा स्कार्पियो गाडी जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो। प्रहरी टोलीलाई देखेपछि गाँजासहित भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरिएको डीएसपी खड्काले बताए ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुवनीका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्ख रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुई वटा स्कार्पियो गाडीसहित गाँजा बरामद गरेको जनाएको छ। पक्राउ परेका पाँचै जनालाई बरामद गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै खापुङ, प्रदेश प्रमुखको भूमिकामा बने उदाहरण
संसद् नखुले सरकारका गतिविधिमाथि प्रश्न उठाउने ठाउँ साँघुरिने विपक्षीको ठहर
बिचौलिया प्रकरणमा कांग्रेसको आपत्ति
महाभियोगमा रास्वपा अलमल
झापामा स्वदेशी फूलको बजार जोगाउन प्रशासन सक्रिय, अवैध आयात र प्लास्टिकका फूलमा प्रतिबन्ध
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
न्यायपालिकाबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह
पत्रकार धरपकडको विरोधमा कांग्रेस, संसद् अधिवेशन बोलाउन र विशेष समिति गठन गर्न माग
रुद्राक्षको आकर्षण : आस्था, विश्वास र प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
सैन्य कारबाहीमा १९ जनाको मृत्यु
पसलभित्र ११ फिट लामो राजगोमन भेटिएपछि…
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.