सैन्य कारबाहीमा १९ जनाको मृत्यु

Share this
790shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १२:१२

एजेन्सी । भेनेजुएलाको सेनाले पश्चिमी अपुरे राज्यमा रहेको कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मीको शिविरमा आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । ड्रोन र आक्रमणकारी हेलिकप्टरबाट गरिएको हमलामा मारिने अधिकांश भेनेजुएलाका नागरिक रहेको जनाइएको छ ।

सीमावर्ती क्षेत्रमा मानव अधिकार उल्लङ्घनको निगरानी गर्ने गैरसरकारी संस्था फन्डारेड्सका संयोजक जुआन फ्रान्सिस्को गार्सियाका अनुसार आक्रमणमा सुरुमा नौ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट थप १० शव सान फर्नान्डो लगिएको उनले जानकारी दिए ।

यो आक्रमणमा अमेरिकी गुप्तचर निकाय सिआइए र एफबीआईको सहयोग रहेको तथा अमेरिकी आदेशमा गरिएको दाबी अधिकारीहरुले गरेका छन् । यसबारे अमेरिकी विदेश मन्त्रालय र भेनेजुएला सरकारले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

भेनेजुएला र कोलम्बियाबीचको दुई हजार २०० किलोमिटर लामो सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी, अवैध खनन र अन्य तस्करीमा संलग्न सशस्त्र समूह सक्रिय छन् । सन् २०१६ मा फार्क विद्रोही समूहले कोलम्बिया सरकारसँग शान्ति सम्झौता गरेपछि इएलएन ल्याटिन अमेरिकाकै सबैभन्दा शक्तिशाली विद्रोही समूहका रूपमा स्थापित भएको छ ।

मानव अधिकार अधिवक्ता तथा सैन्य मामिलाकी विशेषज्ञ रोसियो सान मिगुएलका अनुसार पछिल्लो आक्रमणले भेनेजुएलाको सैन्य नीतिमा परिवर्तन आएको सङ्केत गरेको छ । सैन्य स्रोतले सीमावर्ती क्षेत्रमा थप विद्रोही शिविर रहेको आशङ्का गर्दै खोजी अभियान जारी राख्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै खापुङ, प्रदेश प्रमुखको भूमिकामा बने उदाहरण
संसद् नखुले सरकारका गतिविधिमाथि प्रश्न उठाउने ठाउँ साँघुरिने विपक्षीको ठहर
बिचौलिया प्रकरणमा कांग्रेसको आपत्ति
महाभियोगमा रास्वपा अलमल
झापामा स्वदेशी फूलको बजार जोगाउन प्रशासन सक्रिय, अवैध आयात र प्लास्टिकका फूलमा प्रतिबन्ध
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
न्यायपालिकाबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह
पत्रकार धरपकडको विरोधमा कांग्रेस, संसद् अधिवेशन बोलाउन र विशेष समिति गठन गर्न माग
रुद्राक्षको आकर्षण : आस्था, विश्वास र प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
सैन्य कारबाहीमा १९ जनाको मृत्यु
पसलभित्र ११ फिट लामो राजगोमन भेटिएपछि…
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.