कोशी र मधेशमा आंशिक बदली, अन्य क्षेत्रमा मौसम सफा रहने

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार ०६:१७

काठमाडौं । नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा आंशिक बदली रहे पनि देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा तथा देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । त्यस्तै, कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा पनि आंशिक बदली हुने अनुमान छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति कोशी प्रदेशको तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

यसैगरी, आइतबार देशका हिमाली भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.