कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा बादल, हल्का वर्षा र हिमपातको सम्भावना

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार ०६:०७

काठमाडौं । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि कोशीसहित गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली भएको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

महाशाखाका अनुसार सोमबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। यस क्रममा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.