प्रतीकात्मक तस्बिरविराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयास्थित हनुमान मन्दिरनजिक शनिबार करिब ६० वर्षीया महिला मृत फेला परेकी छन् । मृतकको पहिचान खुलेको छैन ।
प्रहरीका अनुसार साँझ करिब ५ बजे स्थानीयले महिलालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय रानीबाट टोली घटनास्थल पुगेको थियो ।
शव तराई मूलकी जस्तो देखिने महिलाको भएको प्रहरीले जनाएको छ । घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठको नेतृत्वमा टोली खटिएको छ ।

























