शिक्षक र शिक्षाविद् सम्मानित

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १५:०५

विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका साथ आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ। विगत १७ वर्षदेखि निरन्तर सञ्चालित कलेजले वार्षिकोत्सवका अवसरमा सम्मान, सांस्कृतिक नृत्य र विभिन्न अतिरिक्त क्रियाकलापहरू आयोजना गर्‍यो।

पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कलेजमा १४ वर्षदेखि कार्यरत शिक्षक सरोज पोखरेललाई विशेष सम्मान गरियो। रजिष्ट्रार त्रिपाठीले शिक्षक पोखरेललाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरिन्। यस्तै, पूर्वाञ्चल विश्वविद्यालयका सहनियन्त्रक ईश्वर भण्डारीलाई पनि शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका लागि कदरपत्रले सम्मानित गरियो।

समारोहमा विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई मेडल र पुरस्कार वितरण गरिएको क्याम्पस प्रमुख सन्दिप दास श्रेष्ठले बताए। कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा झल्काउने आकर्षक सांस्कृतिक नृत्य र गीतहरू प्रस्तुत गरेका थिए।

वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथि त्रिपाठी, विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरी र क्याम्पस प्रमुख श्रेष्ठले कलेजको शैक्षिक यात्रा र विद्यार्थीको उज्ज्वल भविष्यबारे आफ्ना भनाइ राखे। हाल ३ सय २१ जना विद्यार्थी अध्ययनरत यस कलेजले प्रत्येक वर्ष समाजका विशिष्ट व्यक्ति, उत्कृष्ट शिक्षक र मेहेनती विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै आएको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×