इटहरीको जनता क्याम्पसमा ५ करोडको छात्रावास निर्माण सुरु

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १४, शनिबार १६:०३
इटहरीको जनता क्याम्पसमा ५ करोडको छात्रावास निर्माण सुरु

इटहरी । इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा अध्ययनरत तथा बाहिरबाट आउने विद्यार्थीहरूको सुविधाका लागि करिब ५ करोड रुपैयाँ लागतमा आधुनिक छात्रावास निर्माण सुरु गरिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले उक्त छात्रावासको औपचारिक शिलान्यास गरेका हुन् ।

संघीय सरकारले चालु आर्थिक वर्षमा बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गर्दै पहिलो किस्तामा १ करोड ४२ लाख रुपैयाँ निकासा गरेपछि निर्माण कार्य अगाडि बढाइएको हो । क्याम्पसले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले छात्रावासलाई महत्त्वपूर्ण परियोजनाका रूपमा अघि सारेको अध्यक्ष केसीले जानकारी दिए ।

पहिलो चरणमा छात्र र छात्राका लागि छुट्टाछुट्टै एक तले भवन निर्माण गरिने छ, जसमा कुल १४ वटा कोठा रहने छन् । पहिलो चरणको निर्माण कार्य २०८४ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

दीर्घकालीन योजनाअनुसार छात्रावासलाई ३ तल्लासम्म विस्तार गरिने छ । छात्रावास सञ्चालनमा आएपछि विशेष गरी पूर्वी पहाडी जिल्ला तथा मधेस प्रदेशबाट अध्ययनका लागि आउने विद्यार्थीहरूको डेरा बस्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । क्याम्पस सञ्चालक समितिअन्तर्गत शैक्षिक अनुगमन तथा सुपरिवेक्षण समितिका संयोजक शिवराज दाहालले यसले विद्यार्थीलाई ठुलो राहत पुग्ने बताए ।

क्याम्पस प्रमुख डा. गीता अधिकारीका अनुसार छात्रावासले दुर्गम तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई शिक्षामा पहुँच विस्तार गर्न मद्दत गर्ने छ । छात्रावासले विद्यार्थीको नियमित उपस्थिति र अध्ययनमा निरन्तरता ल्याउने विश्वास व्यक्त गरे । हाल क्याम्पसले सुनसरी र आसपासका क्षेत्रका विद्यार्थीका लागि ७ वटा निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ । जसबाट बराहक्षेत्र, दुहबी, इनरुवा तथा पूर्वी मोरङसम्मका विद्यार्थी लाभान्वित भएका छन् ।

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरिसकेको जनता क्याम्पसमा हाल स्नातक तहमा बीएड, बीबीएस, बीए, बीआईसीटीई तथा स्नातकोत्तर तहमा एमएड र एमबीएस कार्यक्रम सञ्चालनमा छन् । साथै, कक्षा ११ र १२ का कार्यक्रमसमेत सञ्चालनमा रहेका छन्, जहाँ ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×