सिताराम पोखरेल र रचना रिमालको नयाँ गीत  ‘मुद्दा हालेर’ सार्वजनिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार १२:५४
सिताराम पोखरेल र रचना रिमालको नयाँ गीत  ‘मुद्दा हालेर’ सार्वजनिक

काठमाडौं । सुगम संगीतका स्थापित गायक सिताराम पोखरेल र गायिका रचना रिमालको स्वरमा सजिएको नयाँ गीत  ‘मुद्दा हालेर’ सार्वजनिक भएको छ । समसामयिक कथावस्तु र माया प्रेमका उतारचढावलाई समेटेर तयार पारिएको यो गीत ‘विकल्प क्रिएसन’ बजारमा ल्याइएको हो ।

मुनाल शिशिर कोइरालाको शब्द तथा संगीत रहेको यस गीतमा प्रेममा आइपर्ने विभिन्न कठिन परिस्थिति, आपसी मतभेद र भोगाइहरूलाई आकर्षक ढंगबाट चित्रण गरिएको छ। लोक–आधुनिक शैलीको यस गीतले दर्शक तथा श्रोताको मन जित्नेमा निर्माण टिम निकै आशावादी देखिएको छ।

गीतको म्युजिक भिडियोमा अनुभवी कलाकार श्रीदेव भट्टराई र तुलसी खड्काको सशक्त अभिनय देख्न सकिन्छ । भिडियोलाई मुनाल शिशिर कोइरालाले नै निर्देशन गरेका हुन् । सुजन श्रेष्ठको छायांकन र सुवास शाहको सम्पादनमा तयार पारिएको भिडियोमा प्रेमका उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

विशेष गरी समसामयिक कथावस्तु र उत्कृष्ट प्रस्तुतीकरणका कारण सार्वजनिक भए लगत्तै गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। निर्माण पक्षका अनुसार यो गीतले प्रेममा आइपर्ने द्वन्द्व र त्यसको सामाजिक पक्षलाई पनि उजागर गर्ने प्रयास गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.