भेडेटार–रवि–राँके सडक अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार ११:०५

विराटनगर । वर्षासँगै आएकाे पहिरोका कारण भेडेटार–नाम्जे–रवि–राँके सडक खण्ड आज अवरुद्ध भएकाे छ । शुक्रबारबाट सडक अवरुद्ध भएकाे हाे । शनिबार पहिराे हटाएर आंशिक रूपमा सडक सञ्चालनमा आएको छ ।

हिजो शुक्रबार सडकको विभिन्न स्थानमा पहिरो खसेपछि यो मार्ग भएर चल्ने सवारी साधनहरू बीच बाटोमै रोकिएका थिए । आज बिहानदेखि पहिरोको अवरोध हटाएर बाटोलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हाे ।

पहाडी क्षेत्र जोड्ने यो महत्वपूर्ण सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.