चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार १३:४५
चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्मको ब्यानरमा निर्माण हुने चलचित्र ‘तिमी मेरो म तिम्रो’ लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन् ।

राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरिएको हो । चलचित्र प्रेम कथामा आधारित हुने निर्देशक लामिछानेले जानकारी दिए । नेपाली चलचित्र उद्योगमा प्रेमकथामा आधारित चलचित्रको संख्या न्यून रहेका बेला धेरै दर्शकले रुचाउने चलचित्र निर्माण गर्न लागिएको उनले बताए ।

चलचित्रको मुख्य भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नव नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ भने म्युजिक युग भुसालको छ ।

आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने चलचित्रको को–प्रोडुसरमा राज श्रेष्ठ र आशिष थापा मगर रहेका छन् ।
एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी रहेका छन् । नरेन्द्र मैनालीको डीओपी रहने सिनेमा मनिष गौतमले लेखेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.