अँध्यारोलाई सराप्दैमा जुन पल्टिँदैन

मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८३ जेष्ठ १६, शनिबार १२:३९
अँध्यारोलाई सराप्दैमा जुन पल्टिँदैन

नसुनाऊ मलाई अरूका कुरा
एक पटक सबैको फुटेको छ भाग्यको चुरा
म बाँचेको यसैले हो लत भए पनि
म मेरो नजरमा सही छु, तिम्रो नजरमा गलत भए पनि ।

म आफ्नै तालमा नाच्छु तर जुरेली होइन
म आफूलाई खुसी बनाउँछु जुन झेली होइन ।

Advertisement

मान्छु तिम्रो सोच, सपना अल्छी छैन
तिमीलाई समात्न सक्ने कुनै बल्छी छैन
तर विचार गर तिमी पनि
अँध्यारोलाई सराप्दैमा जुन पल्टिँदैन ।

चिन्न नखोज मलाई, कोही होइन म
छिन्न नखोज मलाई, ठेकीको मही होइन म
झुटो सुख र दुःख कहिल्यै पनि साट्दिनँ
नक्कली आँसु बोक्ने पानीको गोही होइन म ।

नसुनाऊ मलाई अरूका कुरा
एक पटक सबैको फुटेको छ भाग्यको चुरा
म बाँचेको यसैले हो लत भए पनि
म मेरो नजरमा सही छु, तिम्रो नजरमा गलत भए पनि ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.